आचारसंहिता उल्लङ्घन गर्ने प्रमुख दल र नेतालाई निर्वाचन आयोगले गरायो सचेत

काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दललाई सचेत गराएको छ । साथै आचारसंहिता उल्लङ्घन नगर्न निर्देशन समेत दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाण्डौको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिता विपरीत काम भएको ठहर समेत गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको ...