कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ। मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संंस्थान ९डीडीसी०लाई अनुमति दिएको हो।‘दूध प्रशोधनको वैज्ञानिक लागत, नागरिकको पहुँच, उपभोक्ताको हित, सामाजिक न्याय र संस्थाको सामाजिक उत्तरदायित्वको आधारमा मूल्य निर्धारण गर्न सहमति दिइएको छ,’ मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘किसानको व्यवसायको सुरक्षा र उपभोक्ता हितलाई सन्तुलित रुपमा अघि बढाई दुग्ध क