दूधको उपभोक्ता मूल्य वृद्धि

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य प्रतिलिटर ११ रुपियाँ बढाएको छ । डीडीसीले बिहीबारदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाएको हो ।

सम्बन्धित सामग्री

दूधको मूल्यमा निजी क्षेत्रको असन्तुष्टि

सरकारले निर्धारण गरेको दूधको मूल्यप्रति डेरी उद्योगीले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद्बाट कच्चा दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले प्रशोधित दूधको उपभोक्ता मूल्य वृद्धि गरेको छ । यो वृद्धिमा कच्चा दूधको मूल्यमा ६.५२ पैसा वृद्धि गरी प्रतिलिटर ५६.४० रुपियाँ र प्रशोधित दूधको मूल्य नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण भएको छ । डीडीसीले निर्धारण गरेको उपभोक्ता मूल्यमै निजी क्षेत्रले पनि दूध बिक्री गर्नुपर्छ ।

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्ने निजी डेरीहरूको घोषणा

माघ २८, काठमाडौं । निजी डेरीहरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । नेपाल डेरी एसोसिएशन र डेरी उद्योग संघले शुक्रवार संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको बताएका हुन् । बिहीवार सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर रू. ९ ले बढाउने निर्णय गरेको थियो । डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको डेरी उद्योग संघले बताएको छ । मूल्य वृद्धि भएसँगै अब ५०० एमएलको एक प्याकेटको खुद्रा विक्री मूल्य ४३ रुपैयाँ कायम भएको छ । यसअघि स्ट्यान्डर्ड प्रशोधित दूधको प्रतिलिटर बजार मूल्य ७६ रुपैयाँ थियो भने ५०० एमएलको एक प्याकेटको मूल्य ३८ रुपैयाँ रहेको थियो ।

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि

माघ २७, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित स्टान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर रू. ९ ले बढाउने निर्णय गरेको छ । मूल्य वृद्धि भएसँगै अब पोकामा उपलब्ध हुने एक लिटर दूधको उपभोक्ता मूल्य रू. ८५ पुगेको छ । बुधवार संस्थानको बोर्ड बैठकले शुक्रवारदेखि लागू हुने गरी नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधवार संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो ।

दूधको मूल्य बढेसँगै भोलिबाट उपत्यकामा प्रतिलिटर १०० रुपैयाँ सम्म पर्ने

काठमाडौं, २७ माघ । दूधको उपभोक्ता मूल्य बढाउने निर्णय भएको छ । दूग्ध विकास संस्थान डीडीसीले उपभोक्ता मूल्यमा प्रतिलिटर ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । भोलि शुक्रबारबाट मूल्य वृद्धि लागू हुने डीडीसीले जनाएको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाउने निर्णय सरकारले गरिसकेको छ । कच्चा दूधको मूल्यवृद्धिका […]

दूधको मूल्य बढाउने तयारी, बोर्डले थाल्यो अध्ययन

८ मंसिर, काठमाडौं । सरकारले दूधको उपभोक्ता मूल्य बढाउन छलफल शुरु गरेको छ । दूग्ध उत्पादनका लागि आवश्याक सबै खाले वस्तुमा भएको मूल्य वृद्धिका कारण किसान मारमा परेको भन्दै दूधको मूल्य बढाउने तयारी गरिएको दूग्ध विकास बोर्डले जनाएको छ । सरकारले २०७६ सालमा लिटरमा ६ रुपैयाँले मूल्य वृद्धि गरी प्रतिलिटर ७६ रुपैयाँ पुर्‍याएको थियो । […]