दूधको मूल्य ९ रुपैयाँ बढ्यो, भोलिदेखि नै लागू हुने

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढेको छ । प्रशोधित स्ट्यान्डर्ड दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरिएको दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक रुद्रप्रसाद पौडेलले बताए । सरकारले किसानले पाउने गरी कच्चा दूधको मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढाएर ५६.५२ रुपैयाँ पुर्‍याएपछि उपभोक्ता मूल्य समेत बढेको हो ।  बढेको मूल्य शुक्रवारदेखि नै लागू हुने डीडीसीले जानकारी दिएको छ । मूल्य बढेसँगै अब बजारमा उपभोक्ताले किन्ने दूध प्रतिलिटर ८५ रुपैयाँ पुगेको छ ।