सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले प्रशोधित गुणस्तरयुक्त (स्टान्डर्ड) दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । बजारमा अधिकांश वस्तु तथा सेवाको मूल्य बढिरहेको भन्दै डीडीसीले पनि दूधको मूल्य बढाएको हो ।दूधको संकलन खर्च, प्रशोधन खर्च, ढुवानी खर्च, प्याकेजिङ, बजारीकरण र विक्रेता कमिसनको आधारमा शुक्रबारदेखि लागू हुने गरी मूल्य बढाइएको डीडीसीले जनाएको छ […]