नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रायः पछिल्ला अभिव्यक्तिहरूमा निकै भावुकता मिसिने गरेको छ । यसको एक उदाहरण हो मंगलबार काठमाडौँमा भएको एउटा कार्यक्रममा उनले दिएको अभिव्यक्ति । माओवादी केन्द्रका सांसदसमेत रहेका नेता सुदन किराँतीले लेखेको ‘पलपलको मृत्यु’ नामक पुस्तकको विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले झण्डै ११ मिनेटको छोटो मन्तव्य राखे । तर त्यो मन्तव्यमा प्रचण्ड निकै भावुक मात्रै बनेनन्, जीवनको सार्थकता र गर्वबोध गर्न आफूलाई निकै गाह्रो