पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौँ – नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ करिब सवा आठ बजे पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।