भारत विश्वमा धान–चामलको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । समृद्ध मध्यपूर्वी मुलुकहरु साउदी अरब, युएईदेखि विकासोन्मुख अफिकी मुलुकहरु घाना, बेनिनसम्मले भारतकै धान प्रयोग गर्छन् । चीनले समेत केही वर्षदेखि भारतबाट धान आयात गर्न थालेको छ । हाल भारत चीनलाई धान निर्यात गर्ने सबैभन्दा ठूलो एकल मुलुक हो । यस अर्थमा भारतको धान नीतिको असर विश्वभर हुनेछ । युक्रेनमा जारी रुसी आक्रमणका कारण विश्वव्यापी खाद्यान्न संकट आउनसक्ने विज्ञहरुले चिन्ता व्यक्त गरिरहेका छन् । भारतले गत महिना गहुँ निर्यात