सरकारले तोक्यो धानको न्यूनतम मूल्य, प्रतिक्विन्टल २६६ रूपैयाँले वृद्धि

काठमाडौं : किसानले खेतबाट धान भित्र्याउने वेलामा सरकारले धानको मूल्य बढाएको छ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आवका लागि धानको मूल्यमा २१५ देखि २६६ रूपैयाँसम्म बढाएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।उनका अनुसार वृद्धि भएको मूल्य बमोजिम मोटा धानको मूल्य प्रति क्विन्टल २१५ रूपैयाँ बढेर २ हजार ९६७ रूपैयाँ प्रति क्विन्टल कायम भएको छ। प्रति क्विन्टल २६६ रूपैयाँले बढाएर मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार १२८ रूपैयाँ तोकिएको छ। गत आवमा मोटा धा

सम्बन्धित सामग्री

सरकारले उखुको मूल्य तोक्यो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

काठमाडौं । नेपाल सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य सरकारले दिने अनुदानसहित प्रतिक्विन्टल ६ सय ३५ रुपैयाँ तोकेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले उद्योगले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ दिनु पर्ने गरी उखुको मूल्य […] The post सरकारले उखुको मूल्य तोक्यो, किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जुटको उत्पादन बढ्यो, तर मूल्यमा भने गिरावट

गत आर्थिक वर्षमा जुटको मूल्य प्रतिक्विन्टल नौ हजार थियो । तर, यस वर्ष घटेर जुटको मूल्य प्रतिक्विन्टल आठ हजार तीन सय रुपैयाँ पुगेको ज्ञान केन्दले जनाएको छ ।

सरकारले तोक्यो उखुको न्यूनतम मूल्य‚ प्रतिक्विन्टल ५४० रूपैयाँ

काठमाडौं : मन्त्रिपरिषदको आज बसेको बैठकले उखुको न्यूनतम मूल्य तोकेको छ। बैठकले प्रतिक्वीटल उखुको मूल्य ५४० रूपैयाँ तोकेको हो। बैठकपछि अर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारका निर्णयबारे जानकारी दिएका हुन्।सरकारले उखु ढुवानीमा बेहोर्ने भाडा ७० रूपैयाँ निर्धारण गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए। उनले भने, ‘आजको बैठकले उखुको मूल्य प्रतिक्विन्टल ५४० रूपैयाँ र सरकारले बेहोर्ने ढुवानी भाडा ७० रूपैयाँ निर्धारण गरेको छ।’सरकारले विभूषणको स्पष्

प्रतिक्विन्टल २२६ रुपैयाँ बढाएर तोकियो धानको समर्थन मूल्य

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्नुपर्ने मापदण्डविपरीत किसानले धान काट्न थालेपछि बल्ल सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । १६ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि प्रतिक्विन्टल मोटा...

सरकारले धानकाे समर्थन मूल्य तोक्यो, प्रतिक्विन्टल कम्तीमा २ सय १५ रुपैयाँ बढ्याे

काठमाण्डाै – सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० का लागि धानको समर्थन मूल्य तोकेको कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो । यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नाै सय ६७ रुपैयाँ तोकेको छ । यो मूल्य पोहाेरको तुलनामा दुई सय १५ रुपैयाँ बढी हो । यस्तै मध्यम धानको मूल्य पोहोरको तुलनामा दुई सय २६ रुपैयाँले धेरै अर्थात् प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा ...

उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँ

सरकारले यो वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो ।यस वर्षको मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ४६ रुपैयाँ बढी हो । उत्पादन लागत, ढुवानी खर्च र मुनाफाको आधारमा मूल्य निर्धारण गरिएको हो ।गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४४ […]

उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकियो : किसानको असन्तुष्टि

काठमाण्डाै - सरकारले यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ निर्धारण गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले उखुको मूल्य तोकेको हो । किसानले उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० रुपैयाँ माग गरेका थिए भने उद्योगीले पाँच सय ८० रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग गरेका थिए । सरकारले तोकेको मूल्यमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँसमेत जोडिएको कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो । यो मूल्यमा चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रतिक्विन्टल ५ सय २० रुपैयाँ हो । ...

उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँको माग

काठमाडौं । किसानले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग गरेका छन् । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ नतोके उखु किसानको लागत मूल्यसमेत नउठ्ने उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए । अध्यक्ष मैनालीले भने, ‘विश्वास छ, यसपटक सरकारले हाम्रो माग सम्बोधन गर्नेछ । उखुको लागत […] The post उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँको माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय

सरकारले चालु आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकेको छ । चालु आर्थिक वर्षका लागि सरकारले धानको न्यूनतम समर्थन मूल्य क्विन्टलमा १७ रुपैयाँले बढाएर तोकेको हो ।चालु आर्थिक वर्षका लागि लागि मोटा र मध्यम किसिमको धानको न्यूनतम समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।मोटा धानका लागि प्रतिक्विन्टल मूल्य दुई हजार ७ […]

धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय

सरकारले यो वर्षका लागि धानको समर्थन मूल्य प्रतिक्विन्टल २९ सय रुपैयाँ प्रस्ताव गरेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले धानको समर्थन मूल्य प्रस्ताव गरेको हो ।चालू आर्थिक वर्षका लागि मध्यम धानका लागि प्रतिक्विन्टल २ हजार ९ सय १ रुपैयाँ ८३ पैसा तथा मोटा धानको २ हजार ७ सय […]