धानको मूल्य वृद्धि

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।...

सम्बन्धित सामग्री

धानको राम्रो मूल्य पाएपछि किसान खुसी

झापामा विगतका वर्षको तुलनामा यस वर्ष धानको भाउ आकासिएपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य वृद्धि भएपछि किसान खुसी भएका हुन् । अघिल्लो वर्ष यो समयमा धानको मूल्य एक हजारदेखि अधिकतम एक हजार दुई सय रुपियाँ प्रतिमन रहेकामा अहिले एक हजार पाँच सयदेखि एक हजार छ सय रुपियाँसम्म किसानले पाएका छन् । न्यूनतम समर्थन मूल्यमा समेत धान बिक्री नहुँदा लागत मूल्य उठाउन समस्या हुने गरेकामा यस वर्ष धानको मूल्य राम्रो पाएको कमल गाउँपालिकाका किसान मदन आचार्यले बताउनुभयो ।

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

महामारीमा उपभोग्य वस्तुको मूल्य वृद्धि

काठमाडौं । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् । निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट भइरहेको छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय २२ रुपैयाँ पुगेको छ । मासको दालमा प्रतिकिलो १० रुपैयाँले वृद्धि हुँदै १ सय ६५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ । १ सय १० रुपैयाँ किलो रहेको चनाको मूल्यमा २५ रुपैयाँले वृद्धि हुँदै प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको छ । त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ । यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने संघका निवर्तमान अध्यक्ष पवित्रमान वज्राचार्यले बताए । उनका अनुसार खाद्य वस्तुको व्यापारमा कालो बजारी मौलाएको छ । ‘यो समस्या न सरकारलाई हेर्ने फुर्सद छ न त नियामक निकायलाई यससम्बन्धी कुनै चासो छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । यही मौकामा थोक व्यापारीहरूले खुद्रा व्यापारीलाई सही मूल्यको बीलबीजक नदिने समस्या पनि उत्तिकै बढेको उनको भनाइ छ । शनिवार उनी आपैmले थोक व्यापारीबाट प्रतिकिलो ८९ रुपैयाँमा किनेको चिनीमा ७७ रुपैयाँको मात्र बिल पाए । ‘मैले किनेको मूल्यमा १२ रुपैयाँ कमको बिल पाएको छु अहिले बजारमा चिनीको खुद्रा मूल्य ९० रुपैयाँ प्रतिकिलो छ । यस्तो अवस्थामा मैले त्यो चिनी कसरी बेच्ने ?,’ उनले गुनासो गरे । खुद्रा व्यापारीले सही बिलबीजक नपाउने समस्या पुरानै भएकाले यसको समाधानका लागि वाणिज्य विभाग र आन्तरिक राजस्व विभाग दुवैको संयुक्त टोली बनाएर अनुगमन तीव्र पार्नुपर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् । वाणिज्य विभाग एक्लैले मात्र सबैतिर हेर्न नसक्ने भएकाले स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय सबैले आआप्mनो ठाउँबाट अनावश्यक मूल्य वृद्धि रोक्न भूमिका खेल्नुपर्ने उनको भनाइ छ । वाणिज्यले हरेक दिन बिहान ७ देखि ९ बजेको बीचमा दुईओटा टीम बनाएर अनुगमन गरिरहेको र गल्ती भएको भेटिएमा कारबाहीसमेत गरिएको उनले बताए । दाल, गेडागुडी र चामलको मात्र होइन यही मौकामा व्यापारीहरूले अण्डा र खाने तेलको मूल्य पनि बढाएका छन् । निषेधाज्ञा अघिसम्म प्रतिक्यारेट ३ सय ५० रुपैयाँमा विक्री भइरहेको कुखुराको अण्डा अहिले ४ सय रुपैयाँसम्ममा विक्री भइरहेको छ । बजारमा अण्डाको खपत बढेकाले मूल्य बढेको बताइएको छ । त्यसैगरी, करीब डेढ महीनाको अन्तरालमा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको छ । यसअघि प्रतिलिटर १ सय ४५ रुपैयाँ मूल्य रहेको भटमासको तेलको मूल्य यति बेला लिटरमै १ सय २० रुपैयाँले बढेर प्रतिलिटर २ सय ६५ रुपैयाँ पुगिसकेको छ । सनफ्लावर तेलको मूल्यमा पनि १ सय रुपैयाँले वृद्धि हुँदै ४ सय रुपैयाँ लिटर पुगेको छ । नेपाल चामल, तेल र दाल उद्योग संघका अनुसार अन्तरराष्ट्रिय बजारमा तोरी, धान र गेडागुडीलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि नेपालमा पनि तेल, चामल र दालको मूल्य बढाइएको बताएको छ । संघका अनुसार यस अघि अन्तरराष्ट्रिय बजारमा प्रतिटन ५ सय २० डलर रहेको तोरीको मूल्य अहिले ३ सय डलरले बढेर ८ सय २० डलर पुगेको छ । त्यसैगरी अन्तरराष्ट्रिय बजारमा सोना मन्सुली धानको मूल्य प्रतिक्वीन्टल ३ सय ५० रुपैयाँले बढेर ३ हजार ५० रुपैयाँ कायम भएको छ भने जीरा मसिनो धानको मूल्य २ सय ५० रुपैयाँले बढेर ३३ सय रुपैयाँ प्रतिक्वीन्टल पुगेको छ । अहिले खाद्य वस्तुको मूल्य बढ्नुमा अन्तरराष्ट्रिय बजारको मूल्य वृद्धि नै मुख्य कारण भएको संघका अध्यक्ष सुबोधकुमार गुप्ताले जानकारी दिए । महामारीको समयमा कालोबजारीलाई प्रोत्साहन दिने वा उपभोक्तालाई मारमा पार्ने कुनै नियत नभएको उनकोभनाइ छ ।