सरकारद्वारा धानको मूल्य तोकियो

काठमाडौं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/०८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य गत वर्षको तुलनामा २ सय १५ रुपैयाँ बढी हो । त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय […]

सम्बन्धित सामग्री

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ, १५ चैत । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल […]

धानको मूल्य बढेपछि किसान खुसी

झापामा विगतका वर्षको तुलनामा यो वर्ष धानको मूल्य बढेपछि किसान खुसी भएका छन् । अघिल्लो वर्षको तुलना यो वर्ष २५ देखि ५० प्रतिशतसम्म धानको मूल्य बढेको हो ।

किसानलाई धानको मूल्य पाउनै सकस

महँगी चुलिएका बेला सरकारले धानको समर्थन मूल्य उचित निर्धारण नगरेको भन्दै किसान चिन्तित भएका छन्। महँगी सुहाउँदो समर्थन मूल्य नभएको र किसान थप महँगीको मारमा पर्ने भन्दै बाँकेका किसान चिन्तित भएका हुन्।...

तोकियो धानको मूल्य, मोटाको प्रतिक्वीन्टल ३,१९८

काठमाडौं। धान रोपाइँ चल्दै गर्दा सरकारले यसको न्यूनतम समर्थन मूल्य तोेकेको छ । खेती लगाउने बेलामै अनाज बालीको समर्थन मूल्य तोक्ने अन्य मुलुकको अभ्यास अनुसरण गर्दै यसपालि नेपालमा पनि धान रोपाइँ हुँदै गर्दा समर्थन मूल्य तोकिएको हो । खेती लगाउँदा नै समर्थन मूल्य तोकेपछि किसानलाई आफूले कति क्षेत्रफलमा धान लगाउनेलगायत योजना बनाउन सहज हुन्छ । नेपालमा सरकारले गर्ने प्राय: निर्णय कार्यान्वयनमा समस्या पर्ने गरेकाले अहिले तोकिएको समर्थन मूल्यअनुसार किसानले धानको मूल्य पाउँछन् नै भन्ने यकीन छैन । सरकारले समर्थन मूल्य तोक्नुपर्ने र उक्त मूल्यमा आफूहरूले अनाज विक्री गर्न नसके खरीद गर्ने व्यवस्था सरकारले नै मिलाउनुपर्ने किसानको माग छ ।  ‘समर्थन मूल्यभन्दा सस्तोमा विक्री गर्नुपर्ने अवस्था आए सरकारले खरीद गर्ने व्यवस्था मिलाउनुपर्छ,’ जनकपुरका किसान रामअवतार यादवले भने, ‘अहिलेको निर्णय पहिलाको जस्तो नहोस् ।’ उनले पहिला समर्थन मूल्य तोके पनि सरकारले खरीदको व्यवस्था गर्न नसक्दा व्यापारीलाई सस्तो मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको बताए ।  असार २६ गतेको मन्त्रिपरिषद् बैठकले किसानको धान सरकारले तोकेको समर्थन मूल्यमा खरीद गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १९८ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ तोकिएको छ । यो मूल्य गतवर्षको तुलनामा मोटामा प्रतिक्वीन्टल ३३० रुपैयाँ र मध्यममा प्रतिक्वीन्टल २३४ रुपैयाँले बढी हो । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अहिलेसम्म पोहोरको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरण, चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहने संरचना निर्माणका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नं. २ र ३ स्थित करीब ७ हजार ३१९ वर्गमीटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने, अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आउँदो असोज २५ गतेसम्म थप गर्ने, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद आगामी साउन २६ गतेसम्म थप गर्ने, अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको २ दशमलव ५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, आव २०७८/७९ र २०७९/८० मा वार्षिक रूपमा न्यूनतम सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) को इजाजतपत्र आव २०८०/८१ का लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णयसमेत गरेको छ ।  त्यस्तै पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गाविस वडा नं. २ स्थित सामान्य प्रशासन मन्त्रालयको ८९० वर्गमीटर जग्गा कृषि उपज संकलन तथा विक्री केन्द्र निर्माणका प्राप्त गर्न स्वीकृति दिने, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने, सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १२० (क) बमोजिम म्याद थप भई चालू रहेका वा म्याद सकिएका तर खरीद सम्झौताबमोजिमको काम चालू रहेका खरीद सम्झौताको सार्वजनिक निकायलाई कुनै प्रकारको दायित्व नपर्ने गरी उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकीन गरी सार्वजनिक निकायका प्रमुखले म्याद थप गर्न सक्ने गरी सार्वजनिक खरीद ऐन, २०६३ को दफा ७४ (ख) बमोजिम बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र आव २०७९/८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने रकम ५ अर्ब ९ करोड २२ लाख स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको शर्माले जानकारी दिइन् ।

आरजु राइस मिलले धानको मूल्य तोक्यो

विराटनगर । बेलबारी–९ मा रहेको आरजु राइस मिलले राम धान प्रतिकिलो ३२ रुपैयाँमा किसानसँग खरीद गर्ने भएको छ । मिलले मोरङ, सुनसरी र झापामा उत्पादित धान खरीद गर्ने उद्देश्यले आइतवारमा एक कार्यक्रम गरी न्यूनतम मूल्य सार्वजनिक गरेको हो । मूल्य सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रदेशका कृषिमन्त्री भक्तिप्रसाद सिटौला, कृषिसचिव, विभागका निर्देशकहरू, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिक परियोजनालगायत कार्यालयका प्रमुख तथा कृषि सहकारीका प्रतिनिधि सहभागी थिए । नेपाल कृषि केयरद्वारा सञ्चालित सो मिलले सरकारका प्रतिनिधिसमेत बोलाएर आगामी असारमा रोपेर मङ्सिरमा भिœयाउने धानको मूल्य तोकेपछि किसान खुशी भएका छन् । सो मिल बुद्ध एयरले नाफा नकमाउने बरु किसानलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको हो । मिलका कार्यकारी अध्यक्ष तथा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतले मूल्य सार्वजनिक गरेका हुन् । राम जातको धान गतवर्ष मिलले ३० रुपैयाँ प्रतिकिलोका दरले १२ सय टन किनेको थियो । यस वर्ष १३ हजार टन किन्ने लक्ष्य रहेको बस्नेतले जानकारी दिए । उनका अनुसार गतवर्षको धान चामल बनाएर राखिएको छ । उक्त चामल यस वर्ष काठमाडौंमा विक्री गर्ने योजना छ । मिलले किसानलाई सस्तोमा बीउ उपलब्ध गराउनुका साथै धान भिœयाउन कृषि औजार सहयोग गर्छ । मिलले चैतमा रोप्ने धानको पनि दुई महीनाअघि नै न्यूनतम मूल्य तोकेको थियो । मिलको सहयोगमा चैतमा आठ सय बिगाहामा किसानले राम धान लगाएका छन् । ‘आगामी वर्षका लागि साढे तीन हजार बिगाहाको धान चाहिएको छ,’ बस्नेतले भने । किसानसँग धान खरीद गर्दा पनि मिलले बजार मूल्यभन्दा बढी रकम दिने गरेको छ । बस्नेतका अनुसार २२ हजार टन क्षमताको मिल सानो भएकाले झापा, मोरङ वा सुनसरीमा ५०/५० हजार टन क्षमताका थप दुई मिल स्थापना गर्न सम्भाव्यता अध्ययन भइरहेको छ । बजारको माग अनुसार राम धानको उत्पादन बढाउने र बढी चामल बजारमा लैजाने मिलको योजना छ । हाल सञ्चालनमा रहेको मिल बस्नेत मात्रको लगानी भए पनि अब स्थापना हुने मिलमा किसानको पनि लगानी रहनेछ ।

धानको मूल्य बढ्दा किसान खुशी, उपभोक्ता मारमा

पोखरिया । धानको उचित मूल्य वृद्धि नहुँदा किसानले राहत नपाएको बताएका छन् । धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँले वृद्धि भएपछि किसानले राहत पाएका छन् । भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल ३ सय रुपैयाँसम्मले बढेको छ । धानको मूल्य बढेसँगै प्रतिकिलो ४८ मा पाइने सोना मन्सुली चामलको मूल्य अहिले ५८ पुगेको छ । त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ रुपैयाँ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेश प्रदेशका किसान धानले उचित नपाउँदा मारमा पर्दै आएका थिए । तर, यसपालि मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका–३०, लालपर्साका किसान सीताराम प्रसाद बताउँछन् । धानको उत्पादनमा लाग्ने खर्चभन्दा विक्री गर्ने रकम जहिले पनि कम हुने गरे पनि यसपालि भने थोरै भए पनि खुशी भएको उनले बताए । उनी भन्छन्, ‘म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु । मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आनो देशमा नपाइने अवस्था छ । बिजोग छ । त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या । यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुशी नै छौं हामी किसान तर यो पर्याप्त चाहिँ छैन ।’ पर्साको सबैठवा–४ का अर्का किसान किसमतिया देवी भन्छिन्, ‘धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको उत्पादन लागत बढेको छ । केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन । सरकारले अझ सोच्नुपर्ने हुन्छ ।’ धानको मूल्य वृद्धिमा किसानले खुशी व्यक्त गरिरहँदा उपभोक्ताले भने मारमा परेको बताएका छन् । धानमा प्रतिक्विन्टल ३ सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरु मारमा परेको उपभोक्तले गुनासो गरेका हुन् । वीरगञ्ज महानगरपालिका–१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गर्छिन् । भारतले नेपालका लागि चालू आर्थिक वर्षमा ६ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो । धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन् । रासस

धानको मूल्य वृद्धि

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।...

सरकारले तोक्यो धानको न्यूनतम मूल्य, प्रतिक्विन्टल २६६ रूपैयाँले वृद्धि

काठमाडौं : किसानले खेतबाट धान भित्र्याउने वेलामा सरकारले धानको मूल्य बढाएको छ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालू आवका लागि धानको मूल्यमा २१५ देखि २६६ रूपैयाँसम्म बढाएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।उनका अनुसार वृद्धि भएको मूल्य बमोजिम मोटा धानको मूल्य प्रति क्विन्टल २१५ रूपैयाँ बढेर २ हजार ९६७ रूपैयाँ प्रति क्विन्टल कायम भएको छ। प्रति क्विन्टल २६६ रूपैयाँले बढाएर मध्यम धानको मूल्य प्रति क्विन्टल ३ हजार १२८ रूपैयाँ तोकिएको छ। गत आवमा मोटा धा

बर्खे धानको मूल्य तोकियो

काठमाडौं - सरकारले बर्खे धानको मूल्य तोकेको छ ।  बुधबार बेलुकी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले बर्खे धानको मूल्य तोकेको हो । २०७५ /०७६ का लागि बर्खे धानको न्युनतम समर्थन मूल्य मोटा धानको २ हजार ३ सय ३१ रुपैया २२ पैसा र मध्यम धानको २ हजार ४ सय ६० रुपैया ५७ पैसा प्रतिक्वीन्टल कायम...

धानको मूल्य अझै तोकिएन

धानको मूल्य निर्धारण नहुँदा यहाँका किसानले व्यापारीले तोकेकै भाउमा बिक्री गर्न बाध्य भएका छन् । धानको सिजन सकिन लाग्दासमेत सरकारले मूल्य नतोक्दा अघिल्लो वर्षको भन्दा पनि सस्तोमा धान बिक्री गर्नुपरेको उनीहरूले गुनासो गरेका छन् ।