सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ, १५ चैत । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार सात सय सात २८ पैसा न्यूनतम समर्थन मूल्य तोकेको हो । साथै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल […]

सम्बन्धित सामग्री

चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित

जेठ २६, दमक । चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको किसानले बताएका हुन् । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरीदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग छ । यहाँका किसानले गत फागुन र चैतमा चैते-२ , चैते-४ र विजी जातको चैते धान लगाएका थिए । तर अहिले धानको उचित मूल्य नपाउँदा किसान चिन्तित भएका हुन् ।  गौरीगञ्ज गाउँपालिका-१ महाभारास्थित साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष तिलक प्रसाद राजवंशीले केही दिन अघिसम्म प्रतिमन रू. ७५० विक्री हुँदै आएको चैते धानको मूल्य दिनदिनै ओरालो लाग्ने क्रममा रहेको बताए । उनले भने, ‘बजारमूल्य मनपरी छ, किसानले मेहेनतले फलाएको धानले उचित मूल्य नपाउँदा यहाँका किसान निराश भएका छन् ।’  यहाँका गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलेमतोमा धानको मूल्य घटाउने गरेको किसानको भनाइ छ । विचौलियाका कारण यहाँका किसान सस्तो मूल्यमा धान बेच्न बाध्य हुनुपरेको गौरीगञ्ज-१ महामाराका किसान धनपति पौडेलले बताए । प्रतिमन न्यूनतम रू. ८०० मूल्य पाउनुपर्नेमा यतिबेला गल्ला व्यापारी र धान मिल सञ्चालकको मिलोमतोमा प्रतिमन रू. ६०० मा पनि धान खरीद गर्न आनाकानी गर्ने गरेको उनको भनाइ छ । उनले भने, ‘चैते धानको बजार मूल्यमा किसानलाई वर्षेनि यस्तै समस्या झेल्नुपरेको छ, त्यसैले चैते धानको न्यूनतम समर्थन मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ ।’ गल्ला व्यापारी र धान मिल सञ्चालक र विचौलियाको मिलोमतोमा चैते धानको आफूखशी बजार मूल्य निर्धारण गर्दै आएकाले किसान मार्कामा परेको नेपाली कांग्रेस झापाका जिल्ला नेता भक्ति सिटौलाले बताए ।  दुई विगहामा चैते धान लगाएका नेता सिटौलाले यो वर्ष पनि किसानले उत्पादन गरेका धान प्रतिक्वीन्टल रू. एक हजार ५०० सम्म पनि पाउन नसकेको अवस्था रहेको बताए । लागत अनुसार मूल्य नपाउँदा धान खेतीबाट किसान पलायन हुन थालेको उनको भनाइ छ ।  समयमै धानको मूल्य तोकेर खरीदको व्यवस्था गर्न सके धान विक्री गर्दा व्यापारीको मनोमानी नहुने र मूल्य पनि नियन्त्रण भई किसानलाई राहत हुने कमल गाउँपालिका-७ बाह्घरेका किसान विदुुर गिरीले बताए ।  गौरीगञ्ज-१ का वडासचिव भोजकुमार अधिकारीले बजारमा सबै बस्तुको मूल्य आकासिएको तर किसानले दुःख गरेर फलाएको उत्पादन बेच्नै मुस्किल पर्ने अवस्था आएको बताए । उनले भने, ‘धानको उचित मूल्य नपाउनु किसानका लागि ठूलो चिन्ताको विषय हो, यसप्रति सरकार गम्भीर हुनैपर्दछ ।’ विचौलियाको भरमा धानको मूल्य निर्धारण हुने गरेकाले कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिने कृषि क्षेत्रमाथि चुनौती थपिएको गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले बताए । मुलुकमा वर्षेनि करीब रू. ३३ अर्ब बराबरको कृषि उपज भारत तथा बंगलादेशबाट भित्रिने गरेको छ ।  यहाँको कृषि उत्पादनले लागत अनुसारको मूल्य नपाउँदा युवाहरु खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यताको अन्त्य अझै हुन नसकेको उनको भनाइ छ । रासस

गैँडाकोटमा  उत्पादन भएको चैते धानको मूल्य निर्धारण

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र उत्पादन भएको चैते धानको मूल्य निर्धारण गरिएको छ । कृषकले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि नगरपालिकाको पहलमा जयश्री फुड्स प्रालिले धानको खरिद मूल्य निर्धारण गरेको हो ।  गैँडाकोट–९ मा रहेको जयश्रीले गैँडाकोटका कृषकले उत्पादन गरेको चैते धान प्रति क्विन्टल रु दुई हजार ४०० मा खरिद गर्न सहमत भएको नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । कृषकले उत्पादन गरेको चैते धान यहाँका मिलहरूले निषेधाज्ञालाई कारण देखाउँदै प्रति क्विन्टल रु एक हजार ६०० मा खरिद गर्ने भनेपछि कृषक समस्या लिएर नगरपालिका पुगेका थिए । कृषकको समस्या आएपछि उनीहरूलाई लिएर नगरप्रमुख आफैँ आज जयश्री फुड्समा पुगेर धानको खरिद मूल्य निर्धारण गर्न लगाउनुभएको हो ।