काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गर्नुभएकाे छ । आज बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष ओलीले देशको अवस्था देखेर नागरिक दिक्क भएको बताउनुभयो । उहाँले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव देश विकासको निर्णायक चुनाव भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको दाबी गर्नुभयाे । उहाँले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपर...