देशको अवस्था भयावह छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए ।उनले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकुर

सम्बन्धित सामग्री

देशको अवस्था भयावह छ: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् ।बिहीबार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक […]

देशको अवस्था भयावह छ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह भइरहेको बताएका छन्। बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए।उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए।उनले सरकार गठन गर्नेदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकु

देशको अवस्था देखेर नागरिक दिक्क छन् : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको जिकिर गर्नुभएकाे छ । आज बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले देशको अवस्था देखेर नागरिक दिक्क भएको बताउनुभयो । उहाँले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव देश विकासको निर्णायक चुनाव भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको दाबी गर्नुभयाे । उहाँले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपर...

जनयुद्धले रोजगारी गुम्यो, युवा विदेशिन बाध्य भएः ओली

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नयाँ युक्तिहरुलाई अघि सारेर ज्येष्ठ नागरिकका कुरा सुनेर अघि बढ्नुपर्ने बताएका छन्।देशमा हिंसा सिर्जना भएका कारण युवाहरु परिवार पाल्न विदेश जानुपरेको पनि उनको भनाई रहेको छ।उनले यो क्रम माओवादी जनयुद्ध शुरु भएपछि युवाहरु विदेश पलायन भइरहेको पनि प्रष्टाएका छन्।उनले विदेश पलायन हुने युवाको अवस्था भयावह रहेकोपनि बताएका छन्।

अर्थ मन्त्री शर्माले ओलीलाई दिए 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा

अर्थ मन्त्री जनार्दन शर्माले नेकपा एमालेका अध्यक्ष केपीओलीलाई 'विदेशी पानी खाएर हुर्किएका नागरिक' को संज्ञा दिएका छन्। अर्थ मन्त्रालयले अर्थतन्त्रको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मलेनमा उनले ओलीको नाम नलिई ओलीलाई इंगित  गर्दै विदेशी पानी खाएर हुर्किएका केही नागरिकले अर्थतन्त्रबारे अफवाह फैलाएको बताए ।उनले भने ' ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने भन्न सकिन्छ । तर  सबै भुक्तानी दिने सुनिश्चितता गरेका छौं , जुन दिन चाहिन्छ, त्यही दिन दिने ब्यबस्था गरेका छौ।’ओलीले सरकारले वृद्धभत्तासमेत दिन नसक्ने दिन आउने दाबी गरेका थिए । उनलाई नै जवाफ दिदै अर्थमन्त्री शर्माले  सबै भुक्तानी दिने सुनिश्चितता गरेको बताएका हुन् ।शर्माले ओलीलाई देशको अर्थतन्त्रको विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।  उनले अर्थतन्त्रको अवस्था भयावह नभएकोले यस विषयमा राजनीतिकरण नगर्न आग्रह गरेका हुन् ।उनले अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था नरहेको दाबी गरे । यद्यपि सतर्क भने रहनु पर्ने उनले बताए । उनले  विभिन्न निर्णयहरु  मन्त्रिपरिषदमा प्रस्ताव गरेको जानकारी दिए । उनले सार्वजनिक विदाको दिन सरकारी गाडी प्रयोग नगर्ने, इन्धन खपत घटाउने , सातामा २ दिन सार्वजनिक विदा दिने, रेमिट्यान्स पठाउनेलाई आईपिओ र एफपिओमा आरक्षण दिने लगायतका प्रस्ताव  मन्त्रिपरिषदमा लागिएको जानकारी दिए । उनले  देश श्रीलंका बन्छ भन्नु अफवाह भएको पनि उल्लेख गरेका छन् । उनले श्रीलंका बनाउन किन चासो भइरहेको छ भन्नेबारे आफुलाई अचम्म लागेको बताए।  ओलीले देश श्रीलंका जस्तो हुन लागेको पनि उल्लेख गरिएका थिए ।पछिल्लो समय ओली र अर्थमन्त्री शर्माबीच सार्वजनिक रुपमा नै घोचपेच हुन थालेको छ । ओलीले केहि दिन अघि शर्मालाई इंगित गर्दै उनको नाम नलिई मुखभरी रौ भएको मुसोले अर्थतन्त्र बर्बाद पारेको तर त्यसको कारवाही भने गभर्नरलाई गरिएको बताएका थिए ।

प्रधानमन्त्रीलाई उद्घाटनकै मोह : निर्माण पूरा नभएको गोदावरी हल भोलि उद्घाटन हुने

काठमाण्डाै – कोरोना संक्रमितलाई अक्सिजन नभएर अवस्था भयावह भइरहेको बेला पनि प्रधानमन्त्री केपी शर्मा ओली भने पूरा नभएका आयोजना उद्घाटनमै व्यस्त हुनुहुन्छ । पूरा नभएका आयोजना उद्घाटन गरिरहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले गोदावरीमा निर्माण भइरहेको सनराइज सम्मेलन केन्द्रको उद्घाटन गर्न लाग्नुभएको छ । ओलीले भोलि दिउँसो बालुवाटारबाट भर्चुअल रुपमा केन्द्रको उद्घाटन गर्ने र केही कर्मचारी गोदावरीमै जाने शहरी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नै गोदावरी जाने भनेर यसअघि मन्त्रालयले निमन्त्रणा कार्ड ब...