बुटवल– लुम्बिनी प्रदेश सदस्य विमला कुमारी खत्रीले नेकपा एमालेका नेताहरूले आफूलाई नेपालगञ्ज पुर्याइदिन्छौँ भनेर दाङबाट फर्काएर मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएको आरोप लगाएकी छन् । बिहीबार नेकपा माओवादी केन्द्र, लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफूलाई नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री कार्यालय, बुटवल पुर्याएको बताइन् । उनले साउन १५ गते एमालेका प्रमुख […]