काठमाण्डाै – सत्ता साझेदार नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सभाका आफ्नाे पार्टीकी सांसद विमल वलीलाई 'बन्धक बनाएकाे' घटनाप्रति आपत्ति जनाएकाे छ ।
नेकपा माओवादी केन्द्रको शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकले सांसद वलीलाई मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा बन्धक बनाएको घटनाप्रति आपत्ति जनाउँदै घोर निन्दा र भत्सर्नासमेत गरेको हाे । माओवादीले याे प्रकरण लोकतन्त्र, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथि लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण भएको ठान्दै यसलाई...