लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्रीलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको प्रकरणमा विपक्षी गठबन्धनका चार राजनीतिक दलले मुख्यमन्त्री र एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालमाथि प्रश्न उठाएका छन् ।माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै सांसद वलीलाई घरबाट मुख्यमन्त्री निवासमा जबजस्ती ल्याएर बन्धक बनाएको घटनाको भर्त्सना गरेका छन् ।सांसद वलीले आफूलाई नेपालगन्ज लैजाने भन्दै जबर्जस्ती बुटवल ल्याएर पाँच दिनसम्म मुख्य