प्रधानमन्त्री शेरबहादुर देउवाले चौथो पटक मन्त्रिमण्डल बिस्तार गर्दैछन्। आइतबार तेस्रो पटक माओवादीका ८ जना राज्यमन्त्री नियुक्त गरेको दुई दिनपछि मंगलबार नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ जना राज्यमन्त्री थप गरेका छन्। यसरी थपिएका राज्यमन्त्रीसहित देउवा नेतृत्वको सरकारको संख्या ४९ पुगेको छ। यसरी कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त हुनेहरुमा शेषनाथ अधिकारी, तप्तबहादुर विष्ट, नर बहादुर चन्द, उदयशम्शेर राणा,…