पुनर्गठित मन्त्रिमण्डल : एमालेबाट को ‘इन’ को ‘आउट’ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा १३ ले विदावारी पाएका छन् । विदावारी पाउनेमा सबै एमालेका छन् । थपिएका १२ मध्ये १० जना जसपाका छन्  ।जसमा ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्रीसहितको १७ सदस्य रहेका छन् । यसअघि एकजना उपप्रधानमन्त्री रहेकोमा अव ती उपप्रधानमन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा, गृह