काठमाडौं : साताको पहिलो दिन उकालो लागेको सेयर बजारमा सोमबार दोहोरो अंकले गिरावट आएको छ।सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेसँगै सेयर बजार दोहोरो अंकले ओरालो लागेको हो।सोमबार नेप्से परिसूचक ४४.९८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २८५४.८४ को विन्दुमा झरेको छ। आइतबार नेप्से करिव ७५ अंकले उकालो लागेको थियो।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.५८ अंकले घटेर ५३४.८५ को