३४ ब्रोकर कम्पनीहरू आफ्नै टिएमएस चलाउन तयार भएका छन् । बाँकी १६ ब्रोकर कम्पनीले भने नेपाल स्टक एक्सचेन्ज (नेप्से)कै टिएमएस चलाउने नेपाल ब्रोकर एसोसिएसनले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३३ ब्रोकरले...
३४ ब्रोकर कम्पनी आफ्नै टिएमएस चलाउन तयार भएका छन् । दसैँअघि नै आफ्नै टिएमएस चलाउन अहिले आन्तरिक परीक्षणलाई तीव्रता दिइएको नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले जानकारी दिए । उनले भने, ‘हाम्रोतर्फबाट...
काठमाडौं । ब्रोकर लाइसेन्स पाएका सात कम्पनीहरूले सदस्यताका लागि नेपाल स्टक एकसचेन्ज (नेप्से) मा आवेदन दिएका छन् । आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीहरूलाई नेपाल धितोपत्र बोर्डले गत जेठ ८ गते ब्रोकर लाइसेन्स प्रदान गरेको थियो ।
ती कम्पनीहरूले आफ्नो सेवा शुरू गर्न नेप्सेसँग सदस्यता माग गरेका हुन् । नेप्सेले सदस्यता प्रदान गरेपछि नेप्सेकै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मार्फत सेवा शुरू गर्ने जानकारी नयाँ ब्रोकर कम्पनीहरूले दिएका हुन् ।
पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेको बोर्डले अहिलेसम्म सात कम्पनीलाई मात्र लाइसेन्स वितरण गरेको हो । बोर्डले भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो ।
नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरूले आशयपत्र प्राप्त गरेका छन् । आशयपत्र प्राप्त गरेका कम्पनीहरूले बोर्डले तय गरेबमोजिमको आवश्यक पूर्वाधार तयार गरेपछि ब्रोकर लाइसेन्स वितरण गरेको जानकारी दिएको छ ।
पछिल्लो समय आशयपत्र प्राप्त गरेकामध्ये केही कम्पनीले पूर्वाधार तयार गरी बोर्डमा अन्तिम स्वीकृतिको माग गरेको जानकारीसमेत बोर्डका अध्यक्ष रमेशकुमार हमालले दिएका छन् । ती कम्पनीहरूले तयार गरेको पूर्वाधार अनुगमन गरी अन्तिम स्वीकृति दिने जानकारीसमेत बोर्डका अध्यक्ष हमालले दिएका छन् ।
बोर्डले पहिलो चरणमा चुक्तापूँजीका आधारमा सीमित कार्य गर्ने ब्रोकर कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको हो । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।
पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि रू. २० करोड, शेयर खरीदविक्री गर्नेसँगै डीपीको रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।
बोर्डले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरूमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकरहरू रहेका छन् ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ । पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।
जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए । आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमश: निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले स्पष्ट पारेका छन् ।
सात कम्पनी सबैले चुक्ता पूँजीका आधारमा सीमित कार्य गर्ने अनुमति पाएका हुन् । मंगलवार एक कार्यक्रम गरी बोर्डका अध्यक्ष रमेशकुमार हमालले ती कम्पनीलाई लाइसेन्सको प्रमाणपत्र वितरण गरेका छन् । बोर्डले पूँजी संरचनाका आधारमा तीन किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । पहिलो तहको सीमित कार्य गर्ने ब्रोकरका लागि २० करोड, शेयर किनबेचसँगै डीपीका रूपमा काम गर्ने, लगानी परामर्श सेवा एवं लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरासहितको दोस्रो तहको ब्रोकरको ६० करोड र तेस्रो तहको स्टक डिलरका लागि १ अर्ब ५० करोड चुक्ता पूँजी हुनुपर्ने व्यवस्था बोर्डले गरेको हो ।
गत असोज २ गतेदेखि ३१ गतेसम्म नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्दा ४६ कम्पनीले दिएका थिए । ४६ मध्ये ४१ सीमित कार्य गर्ने धितोपत्र दलाल, चार पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा एक धितोपत्र व्यापारीका लागि थियो । तीमध्ये एक कम्पनीको योग्यता नपुगेको, एक कम्पनी खारेज भइसकेको र एक कम्पनीले आवेदन फिर्ता लिएको बोर्डले जानकारी दिएको छ । बोर्डले सीमित कार्य गर्ने गरी अनुमति माग गरेको इगल स्टक इक्विटी प्राइभेट लिमिटेडले रीतपूर्वक आवेदन नदिएको बताएको छ । त्यस्तै सीमित कार्य गर्ने गरी आवेदन दिएको एनआईसी एशिया सेक्युरिटिज कम्पनी नै खारेज भएको र पूर्ण कार्य गर्ने गरी आवेदन दिएको सेञ्चुरी स्टक ब्रोकर लिमिटेडले आवेदन फिर्ता लिएको बोर्डको भनाइ छ । यस आधारमा बोर्डले आशयपत्र प्रदान गरेको ४३ कम्पनीमध्ये एक स्टक डिलर, ३९ सीमित कार्य गर्ने र तीन पूर्ण कार्य गर्ने ब्रोकर छन् । बोर्डले ब्रोकर लाइसेन्सका लागि आशयपत्र प्रदान गरेका ४३ कम्पनीमध्ये १२ ओटा ‘क’ वर्गका बैंकका सहायक कम्पनी र ३१ अन्य संस्था रहेको बताएको छ ।
पूँजीका हिसाबमा बलिया कम्पनीलाई बजारमा प्रवेश गराउने बोर्डको प्रयासले धितोपत्र बजार थप प्रतिस्पर्धी तथा पारदर्शी हुने, धितोपत्र बजार सेवाको स्तर वृद्धिको साथै सेवा तथा मूल्यमा प्रतिस्पर्धा भई लगानीकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ । नयाँ ब्रोकर लाइसेन्स पाएका कम्पनीहरूले चालू आर्थिक वर्षभित्रै सेवा शुरू गर्ने जानकारी दिएका छन् । सन सेक्युरिटिज प्रालिका कार्यकारी अध्यक्ष कृष्ण गिरीले अब नेपाल स्टक एक्सचेन्जसँग सदस्यता लिएर यसै आवभित्र सेवा शुरू गर्ने जानकारी दिए । उनले नेप्सेकै विद्युतीय कारोबार प्रणाली प्रयोग गर्ने भएकाले नेप्सेले छोटो समयमै कारोबार गर्ने वातावरण बनाइदिए जेठभित्रै सेवा शुरू गर्न सकिने बताए । सीमित कार्य गर्ने ब्रोकरको रूपमा लाइसेन्स पाएकाले सोही बमोजिम लगानीकर्तालाई प्रभावकारी एवं गुणस्तरीय सेवा दिने गिरीको भनाइ छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ कम्पनीहरूलाई आशयपत्र प्रदान गरेको छ । बोर्डमा एक पुरानो ब्रोकर कम्पनी सहित ४६ कम्पनीहरूले ब्रोकर लाइसेन्सका लागि आवेदन पेश गरेका थिए । तीन कम्पनीमध्ये एक कम्पनीको योग्यता नपुगेको र दुई कम्पनीले आवेदन फिर्ता गरेको जानकारी बोर्डले दिएको छ ।
बोर्डले आशयपत्र प्रदान गरेका यी कम्पनीहरूले आगामी ६ महिनाभित्र आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठको भनाई छ । आवश्यक पूर्वाधार तयार पछि बोर्डले आवश्यक निरिक्षण गर्ने र चित्त बुझेमा मात्र अन्तिम स्वीकृति प्रदान गर्ने श्रेष्ठले जानकारी दिए । हाल ५० ब्रोकर कम्पनीहरू सञ्चालनमा रहेका छन् । बोर्डले धितोपत्र बजारको विकास र विस्तारमा थप टेवा पुर्याउने उदेश्य स्वरुपमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो । आशय पाएका सबै कम्पनीहरूले आगामी प्रक्रिया पुरा गरी अन्तिम स्वीकृति पाएमा ब्रोकरको संख्या ९३ पुग्नेछ । आगामी तीन वर्षसम्म बोर्डले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न पाउनेछैन् ।
पूर्ण प्रविधिमैत्री धितोपत्र दोस्रो बजारको विकास र विस्तारका लागि नयाँ ब्रोकर कम्पनीहरूले नयाँ प्रविधि र नयाँ सेवा सुविधा लगानीकर्तालाई प्रदान गर्नेमा प्रबक्ता श्रेष्ठ विश्वस्त रहेका छन् । ४३ कम्पनीमध्ये नबिल सेक्यूरिटिजले स्टक डिलरको सेवा प्रदान गर्नेछ । बोर्डले तीन किसिमको नयाँ ब्रोकर लाइसेन्स पूँजीको हिसाबमा वितरण गर्न लागेको हो ।
बोर्डले सिमित दायराको पहिलो तहको ब्रोकरका लागि रू. २० करोड , शेयर खरीविक्री गर्नेसँगै डिपीको रुपमा काम गर्ने लगानी परामर्श सेवा एवम् लगानी व्यवस्थापन गर्ने र मार्जिन कारोबार सेवा समेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापूँजी रू. ६० करोड र तेस्रो तह स्टक डिलरका लागि रू. १ अर्ब ५० करोड चुक्तापूँजी हुनुपर्ने व्यवस्था गरेको छ । पुराना ब्रोकरहरूलाई पनि प्रतिस्पर्धी रुपमा अघि बढाउन तीन प्रकारकै ब्रोकरको सेवा प्रदान गर्ने गरी २०८२ साल असार मसान्तभित्रको समयसीमा तोकिएको छ ।
नेपाल धितोपत्र बोर्डले योग्य ब्रोकर कम्पनीले शाखा विस्तार गर्न चाहेको खण्डमा २१ दिनभित्र अनुमति दिन तयार रहेको बताएको छ । बोर्ड अध्यक्ष रमेशकुमार हमालले ब्रोकर शाखा विस्तार गर्नका लागि आगामी दिनमा...
२२ असार, काठमाडौं । धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) ले दुई वर्षमा ३० गुणाले पूँजी वृद्धि गर्नुपर्ने गरी नेपाल धितोपत्र बोर्डले तयार गरेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन मस्यौदा धितोपत्र बजार र व्यवसायी दुवैको हितमा नभएको बताएका छन् । धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन नेपाल ब्रोकर एसोसिएसनका […]
जेठ ८, काठमाडौं । मार्जिन कर्जा प्रदान गर्नका लागि १५ धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरू तयारी अवस्थामा रहेका छन् ।
नेप्सेले वैशाख १४ गतेदेखि लागू गरेको संधोधित मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि अनुसार कर्जा प्रदान गर्न १५ ब्रोकर कम्पनीहरुले स्वीकृति पत्र नविकरण गरेका छन् ।
नेप्सेले तीन वर्ष अघिनै मार्जिन कारोबार सुविधा प्रदान गर्नका लागि २३ ब्रोकर कम्पनीहरुलाई स्वीकृति प्रदान गरेको थियो । सो अवधिमा ब्रोकरहरूलेनै कार्यविधिका केहि बुँदाहरु संशोधनको लागि माग गरेका थिए । ब्रोकरहरूको मागलाई सम्बोधन गर्दै मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि संशोधन पश्चात् लागू गरिएको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले २०७५ सालमा जारी गरेको उक्त कार्यविधि २०७८ जेठ ११ गते प्रथम संशोधन गरेको थियो । बोर्डद्वारा संशोधन भएको एक वर्षमा नेप्सेले उक्त कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
हाल नेपालमा धितोपत्र कारोबारका लागि ५० ब्रोकरहरुले सेवा प्रदान गरिरहेका छन् । सबै ब्रोकर कम्पनीहरुले तोकिएको व्यवस्था पुरा गरी मार्जिन कारोबार सेवा प्रदान गर्न सक्ने अवस्था छ ।
बोर्डले संशोधन गरेको कार्यविधि अनुसार लगानीकर्ताहरुले ब्रोकरमार्फत ७० प्रतिशत कर्जा पाउनेछन् । यस अघि ५० प्रतिशतसम्म मात्र पाउने व्यवस्था थियो ।
संशोधित व्यवस्था अनुसार लगानीकर्ताहरुले शेयर धितो राख्दा ३० प्रतिशत रकम वा सो मूल्य बराबरको शेयर धितो राखे पुग्ने भएको हो । लगानीकर्ताहरुले मार्जिन कर्जाका लागि धितो राखेको शेयरको मूल्याङ्कन गर्दा १२० दिनको औसत मूल्य वा बजार मूल्यमध्य जुन कम हुन्छ त्यसैको आधारमा कर्जा दिन सकिने व्यवस्था भएको छ । यस अघि १८० दिनको औसत मूल्यको आधारमा धितो राखेको शेयरको मूल्यांकन गर्नुपर्ने व्यवस्था थियो ।
यस अघि लगानीकर्ताहरुले ब्रोकरबाट पाउने रकमबाट एक कम्पनीमा १० प्रतिशतसम्म मात्र राख्न पाउने व्यवस्था रहकोमा संशोधित कार्यविधिले भने एकभन्दा बढी कम्पनीमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीकर्ताहरुले प्रत्येक दिन कम्तीमा मार्जिन रकम २० प्रतिशत बराबर कायम गर्नुपर्ने भएको छ ।
शेयर धितोको मूल्य २० प्रतिशतभन्दा कम हुन नदिन भनिएको छ । शेयर धितोको मूल्य कम्तीमा २० प्रतिशत कायम गर्न नसकेमा ब्रोकरले रकम थप्न मार्जिन कल गर्नेछ ।
शेयर धितोको मूल्य १५ प्रतिशतमा झरेमा भने ब्रोकरले लगानीकर्तालाई सूचना दिएको चार दिनपछि उक्त शेयर आफैं विक्री गरिदिन संशोधित व्यवस्थामा उल्लेख छ । ब्रोकरले शेयर विक्री गरेको बापतको रकमनै २० प्रतिशत बराबर पुग्ने गरी धितोको रूपमा राख्न सकिने व्यवस्था भएको छ ।
ब्रोकरहरुले आफ्नै पूँजी वा वाणिज्य बैंकहरुबाट कर्जा लिएर लगानीकर्ताहरुलाई मार्जिन कर्जा सुविधा प्रदान गर्न सक्नेछन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पनि लगानीयोग्य पूँजीको अभाव भइरहेको अवस्थामा तत्कालका लागि ब्रोकरहरुले आफ्नै पूँजीमार्फत लगानी गर्ने बताएका छन् । यो कर्जाको ब्याजदर भने बैंक तथा वित्तीय संस्थाको तुलनामा बढी हुने जानकारी ब्रोकरहरुले दिएका छन् ।
ब्याजदर निर्धारण सम्बन्धीत ब्रोकरहरूबाटै हुने हुँदा सबैमा समान नहुन पनि सक्ने भनाइ उनिहरुको छ । सकेसम्म यो सुविधा प्रदान गर्ने ब्रोकरहरूले लिने ब्याजदरमा समानता ल्याउनु पर्ने माग लगानीकर्ताहरुको छ ।
नेप्सेसँग स्वीकृति पत्र नविकरण गराएका ब्रोकरहरु :
१.ब्रोकर नम्बर ३४ – भिजन सेक्युरेटिज
२.ब्रोकर नम्बर १६ – प्राइमो सेक्युरेटिज
३.ब्रोकर नम्बर ५६ – श्रीहरि सेक्युरेटिज
४.ब्रोकर नम्बर ५० – क्रिष्टल कन्चंनजंगा सेक्युरेटिज
५.ब्रोकर नम्बर ३६ – सेक्युर्ड सेक्युरेटिज
६.ब्रोकर नम्बर ३५ – कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज
७.ब्रोकर नम्बर ३८ – दीपशिखा धितोपत्र कारोबार कम्पनी
८.ब्रोकर नम्बर ४५ – इम्पेरीयल सेक्युरेटिज
९.ब्रोकर नम्बर ५९ – दिव्या सेक्युरेटिज एण्ड स्टक हाउस
१०.ब्रोकर नम्बर ५७ – आर्या तारा इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज
११.ब्रोकर नम्बर ४४ – डायनामिक मनी म्यानेजर्स सेक्युरेटिज
१२.ब्रोकर नम्बर ३३ – दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज
१३.ब्रोकर नम्बर २५– श्वेता सेक्युरेटिज
१४.ब्रोकर नम्बर ३९ – सुमेरु सेक्युरेटिज
१५.ब्रोकर नम्बर ४७ – निभ सेक्युरेटिज
नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यापारी तथा व्यवसायी सम्बन्धी नियमावली संशोधनका लागि तयार पारेको मस्यौदाले ब्रोकर कम्पनीहरुलाई पब्लिकमा जानुपर्ने व्यवस्था गरेको हो।
धितोपत्र बोर्डको निर्देशनपछि राफसाफ कोषमा जान नेप्से तयार भएको छ । तर, सिडिएससी र ब्रोकरहरू भने छलफलमै रहेका छन् । बोर्डले तीनवटै निकायलाई साउनबाट राफसाफ कोष कार्यान्वयनमा ल्याउन ४ जेठमा निर्देशन दिएको...