तिहारलाई फूलहरुको पर्व पनि भनिन्छ । के सहर के गाउँ, त्यसैले त तिहारको समयमा जताजतै फूलैफूल देख्न सकिन्छ । घर आँगनदेखि बारीहरु ढकमक्क बनेको छ धेरैको बस्तीहरु । कतिपयले तिहारकै लागि भनेर व्यावसायिक रुपमा पनि फूलको खेती गरेको पाइन्छ । त्यही फूल अहिले किसानलाई टिप्न, उन्न र बजारसम्म पु-याउन भ्याइनभ्याइ छ । राजधानीको काँठक्षेत्रमा पर्ने नागार्जुन नगरपालिकास्थित ह्वाइट गुम्बा नजिकैको बतासे डाँडामा पनि व्यावसायिक रुपमा फूल खेती गरिएको छ । त्यसभेगमा गरिएको फूलखेतीले बतासेडाँडा क्षेत्र नै पहेँलपुर द