पूर्वनेकपाको फुटले अस्थिर र अन्यौलको वातावरण बन्यो : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले नेकपाभित्रको फुटका कारण थप अस्थिरता र अन्यौलको वातावरण उत्पन्न भएको बताएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपाको वैधानिक अस्तित्व समाप्त भएको भन्दै मसालले नेकपाभित्रको फुटका कारणले संसदमा कुनै दलको बहुमत नरहेको र संसदमा गम्भीर प्रकारको अस्थिर र अन्योलको वातावरण तयार भएको बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार वक्तव्य प्रकाशित गरी यस्तो स्थितिमा एकातिर, देशभित्र प्रतिगामी शक्तिहरु र, अर्कातिर विदेशी साम्राज्यवादी शक्तिहरूको चलखेल बढ्ने सम्भावना बढेर गएको बताउनुभएको छ । त्यसको परिणामस्वरुप देशमा गम्भीर प्रकारको संवैधानिक र राजनीतिक संकट उत्पन्न हुने, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना देखा परेको मसालको ठहर छ । वक्तव्यको पूर्णपाठ यहाँ हेर्नुहोस् : नेकपा (मसाल) को नेकपा घटकसित आग्रह : सके पार्टीएकता, नत्र संयुक्तमोर्चाको सरकार गठन गर

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चा पनि विभाजित, पौडेलको नेतृत्वमा बन्यो समानान्तर समिति

१६ माघ, बुटवल । नेकपा (मसाल) को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा पनि विभाजित भएको छ । हालको नेतृत्व दक्षिणपन्थी भासमा फसेको भन्दै असन्तुष्ट नेताहरुले ५१ सदस्यीय समानान्तर समिति गठन गरका हुन् । समानान्तर समितिको नेतृत्व कृष्णराज …