प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ ।
महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उद्घाटन समारोहका लागि नेता/कार्यकर्ता नारायणी किनार पुग्ने क्रम शुरू भइसकेको छ ।
महाधिवेशनका कारण नारायणगढ क्षेत्र एमालेमय बनेको छ । पार्टीका झण्डा र ब्यानरले नारायणी किनार झकिझकाउ बनेको छ ।
उद्घाटन समारोहमा भाग लिन देशभरबाट एमाले कार्यकर्ता र शुभचिन्तक नारायणगढ पुग्दैछन् ।
हेर्नुहोस्, फोटोफिचर :