रौतहट । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षा सँगै रौतहटको प्रायः सबै नदीको जलस्तर बढेको छ । शनिवार अपराह्न देखि जिल्लाको मध्यभागमा बग्ने झांझखोला र पश्चिम लालबकैया नदीको बाढीको पानी सदरमुकाम गौरमा पस्न थालेको छ । शनिवार साँझ ६ बजेसम्म गौर स्थित नर्सिङ क्याम्पस एरिया र भन्सार एरिया डुबानमा परेको सिडिओ ईन्द्रदेव यादवले जानकारी दिए । त्यसै गरी गौर भन्दा २ किलोमिटर उत्तर गौर चन्द्रपुर मुलसडकको सबगढा स्थित लचकामा पानीको सतह बढेकाले यातायात प्रभावित भएको सिडिओ यादवले बताए ।अहिले गौर बजारमा कतै कतै म