नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एमसीसीका उपाध्यक्ष फातिमा सुमार सहितको प्रतिनिधि मण्डललाई राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढाउन नसकिने जवाफ दिएका छन् ।
सिंहदरबारमा भएको भेटमा अध्यक्ष नेपालले एमसीसीका सन्दर्भमा अहिले देखिएको भ्रमका बारेमा स्पष्ट पार्नुपर्ने र निहित स्वार्थमा आएको सहयोग स्वीकार्न नसकिने बताएको भेटमा सहभागी एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले बताए ।
छलफलमा एमसीसीकी पूर्वाधार परियोजना उपाध्यक्ष सुमारले एमसीसीका बारेमा देखिएको भ्रमबारे स्पष्ट पार्न आएको ...