नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की पूर्वाधार परियोजना उपाध्यक्ष फातिमा सुमारलाई सरकारमा हुँदा जसरी एमसीसीको समर्थन गर्न नसकिने जवाफ दिएका छन् ।
अध्यक्ष ओलीसँगै भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले लोकतन्त्रमा प्रतिपक्षको फरक भूमिका हुनेबारे उपाध्यक्ष सुमारलाई स्मरण गराइएको जानकारी दिए ।
अध्यक्ष ओलीको भनाइ उदृत गर्दै भट्टराईले भने, ‘हामी सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौता भए पनि कतिपय रिजर्बेसन पार्टीमा हुँदाहुँदै पनि अगा...