काठमाण्डाै – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालले पठाएको प्रश्नको जवाफ दिँदै एमसीसी कुनै सैन्य रणनीति अन्तर्गत नरहेको बताएको छ । साथै उसले २०१७ मा हस्ताक्षर भएको सम्झौतामा अहिले आएर संशोधन गर्न नसकिने समेत बताएको छ ।
एमसीसी परियोजनाबारे बुझ्न भन्दै एमसीसीकी उपाध्यक्ष फातिमा सुमर नेपाल आउने तय भएपछि अर्थ मन्त्रालयले सम्झौताबारे उठेका प्रश्नहरुबारे प्रष्ट पार्न भनेको थियो । एमसीसीका उपाध्यक्ष फतिमा सुमानर नेपाल आउनुभन्दा एक दिन अगाडि अमेरिकाले राजदूतावासमार्फत स्पष्टीकरण दिएको ह...