एमसीसी बोर्ड बैठक : नेपालको जवाफ पर्खने

काठमाण्डाै - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले नेपालसँग भएको एमसीसी सम्झौता पालना हुने/नहुने बारे जवाफ पर्खने भएको छ । गएराति अमेरिकामा बसेको एमसीसी मुख्यालयको बोर्ड बैठकले नेपालको जवाफ पर्खने  निर्णय गरेको हो । यसअघि एमसीसी  पारित गर्न  ढिलाइ भइरहेको भन्दै अमेरिकाले असन्तुष्टि जनाएको थियो ।  सङ्घीय संसद्को चालु दशौँ अधिवेशनमै एमसीसीलाई अघि बढाउने तयारी भएकाले पनि एमसीसी मुख्यालयले नेपालको जवाफ पर्खने निर्णय गरेको अनुमान छ । प्रधानमन्त्री एवम् क...

सम्बन्धित सामग्री

एमसीसी बोर्ड बैठक : अमेरिका ‘पर्ख र हेर’ को स्थितिमा

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले आफूसँगको सम्झौता नेपालको संसद्बाट अनुमोदनका लागि थप समय पर्खिने निर्णय गरेको छ । वासिङ्टन डीसीमा मंगलबार बसेको एमसीसी बोर्ड बैठकले अझै पनि नेपालसँगको सम्झौता ‘पर्ख र हेर’ को अवस्थामा राख्ने निष्कर्ष निकालेको हो ।

एमसीसी बोर्ड बैठक : नेपालमा संसदबाटै सम्झौता पारित हुने आश गर्दै अमेरिका

नेपालमा विवादास्पद मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाटै पारित हुनेमा अमेरिका अझै आशावादी देखिएको छ । सञ्चालक समितिको चौमासिक बैठकमा चाँडै नै कम्प्याक्टलाई संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता नेपाल सरकारबाट आएको जानकारी गराइएको र त्यसतर्फ ध्यान दिइएको एमसीसी मुख्यालयले जनाएको हो । मंसिर २८ गते अमेरिकामा एमसीसी सञ्चालक समिति बैठक बसेको थियो । सोही दिन नेपालमा प्रतिनिधिसभा बैठक डाकिएको थियो । एमसीसी पक्षधरहरुले सोही दिन नेपाल सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभए एमसीसीले

एमसीसीको बोर्ड बैठकमा नेपालबारे पनि छलफल हुने, सोहि दिन नेपालमा संसद बैठक

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक आगामी मङ्सिर २८ गते बस्ने भएको छ । उक्त बैठकमा नेपालको एमसीसीबारे पनि छलफल हुने एजेण्डा तय भएको छ ।दलहरु विभाजित भएर नेपालमा एमसीसी संसदबाट पारित हुन नसकिरहेको अवस्थामा हुन लागेको एमसीसीको बोर्ड बैठकलाई महत्वका साथ हेरिएको छ ।यस अघि एमसिसीकी उपाध्यक्ष फतिमा सुमारले नेपाल आएर एमसीसीबारे विभिन्न दल तथा सरकारको आधिकारिक धारणा बुझेर फर्किएकी थिईन्। अमेरिकाले एमसीसीबारे छिटो निर्णय गर्न नेपाललाई दबाब दिदै आएको छ । नेपालले समयमा नै निर्णय नगरे सहयोग फिर्ता लैजाने चेतावनी अमेरिकाले दिने गरेको छ । यस अघि नेपाल सरकारले एमसीसीबारेका विभिन्न प्रश्नहरु समेटेर एमसीसीलाई पठाएको थियो । एमसीसीले त्यसको जवाफ पनि दिइसकेको छ ।  एमसीसी बोर्ड बैठक बस्ने दिन अर्थात् मङ्सिर २८ मै नेपालमा संसद बैठक बस्दै छ । एकै दिन अमेरिकामा एमसीसीको बोर्ड बैठक बस्नु र नेपालमा पनि सोहि दिन संसद बैठक आह्वान हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा एमसीसी पास हुनु पर्ने बताउदै आएका छन् । सोहि कारण कतिपयले मङ्सिर २८ मै संसदबाट एमसीसी पास हुन सक्ने आँकलन गरेका छन् । एमसीसी यस अघि नै संसदमा पेश भईसकेको छ ।  एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिवखोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।