पर्वत : खोलामा आएको बाढीले पानीको मुहान नै बगाएपछि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङवे गाउँका बासिन्दा कालीगण्डकी नदीको पानी पिउन बाध्य भएका छन्।वडाध्यक्ष विनोद गुरुङका अनुसार गत साउनको ३१÷३२ गतेतिर आएको अविरल वर्षाले ताङ्वे खोलामा आएको बाढीले सोही खोलामा बनाइएको मुहान बगाएपछि गाउँलेहरू समस्यामा परेका छन्। गाउँबाट करिब दुई किलोमिटर टाढा रहेको ताङ्वे खोलामा आएको बाढीले पानीको मुहान बगाउनुका साथै उक्त स्थानमा गहिरो खोँच बनाएर लगेकाले ताङ्वे बस्तीमा पानीको हाहाकार भएको ह