चालु आर्थिक वर्षको फागुनसम्ममा १७ हजार ४ सय ८० किलोमिटर सडक कालोपत्रे भएको छ । सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार ०७९ को फागुनसम्म मुलुकभरका १७ हजार ४ सय ८० किलोमिटर सडकको कालोपत्रे भएको उल्लेख छ । यो अवधिमा ७ हजार ९ सय ५६ किलोमिटर सडक ग्रावेल, ८ हजार ६ सय ६४ किलोमिटर […]