ताप्लेजुङमा पहिलो पटक महिला सीडीओ

ताप्लेजुङ - ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आउनु हुनेभएको छ । अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ आउने हुनुभएकाे हाे ।  प्रमुख जिल्ला अधिकारीका रुपमा चेम्जोङको सरुवा भएकाे हाे । अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चाेकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि  भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङमा डोको बोकेर दौडिने प्रतियोगिता सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ । प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए । उनीहरुले टाउकोमा नाम्लो लगाएर पिठ्यूँमा १५ किलो बालुवा सहितको डोको बोकेर १३ किलोमीटर दौडिएका थिए । प्रतियोगितामा फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बू पहिलो भएका थिए । यस्तै […]

ताप्लेजुङमा खुल्ला तथा महिला हाफ म्याराथन सुरु

खुल्लातर्फ १ सय ३५ र महिला हाफ म्याराथनतर्फ २४ जना सहभागी भएको म्याराथन व्यवस्थापन उपसमितिका संयोजक यिगेन्द्रकुमार गुरुङले जानकारी दिए।...

ताप्लेजुङकाे वडाध्यक्षमा महिला शून्य

ताप्लेजुङमा यसपटक कोहि पनि वडाध्यक्ष महिला निर्वाचित हुन सकेनन्। वडाध्यक्षका लािग तीन दलबाट चार जना महिला प्रतिस्पर्धी भएकोमा कोही पनि निर्वाचित हुन सकेनन्।...

ताप्लेजुङमा दश जना निर्विरोध निर्वाचित

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको विरुद्धमा  उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत  फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ ।हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली काँग्रेसबाट तीन जना उम्

ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार

ताप्लेजुङमा दुईजना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबै जना जनता समाजवादी पार्टीका हुन्।...

ताप्लेजुङमा २ प्रमुख, १८ उपप्रमुख र ३ वडाध्यक्ष महिला उम्मेदवार

ताप्लेजुङमा दुई जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। दुबै जना जनता समाजवादी पार्टीका हुन्।...

ताप्लेजुङमा जौ टिप्दै महिला

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा जौ टिप्दै महिला । विस्तरै जौ खेती गर्न किसानले छोडेसँगै जौ लोप हुँदै गएको छ । तस्वीरः दिलकुमार लिम्बू÷रासस

समयमै निर्वाचन गराउन दवाव दिँदै ताप्लेजुङमा नमूना मतदान

सरकारलाई समयमै स्थानीय तहको निर्वाचन गराउन दवाव स्वरुप ताप्लेजुङमा एमाले सम्बद्ध भातृ संगठनले नमूना मतदान कार्यक्रम गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल महिला संघले ताप्लेजुङमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य हेमराज निरौलाले बताए । निरौलाकाअनुसार पाँच दलीय गठबन्धन सरकारले संविधानलाई अपव्याख्या गर्दै निर्वाचन पर धकेल्ने दुष्प्रयास गरेको भन्दै दवावस्वरुप उक्त कार्यक्रम गरिएको हो । ताप्लेजुङ