संखुवासभाको किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण

संखुवासभा – चीनसँग सीमाना जोडिएको भोटखोला गाउँपालिका–१, किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण गरिएको छ । भोटखोला–१ का वडाअध्यक्ष नुर्पु च्याबाले भोटखोला गाउँपालिका, १ नम्बर वडा कार्यालय र दाताहरुबाट सहयोग जुटाएर वडाबासीलाई खाद्यान्न चामाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामानहरु वितरण गरेको बताउनुभयो । भोटखोला गाउँपालिको तर्फबाट २ लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट ३ लाख ५५ हजार र भोटखोला–१ वडा कार्यालयको तर्फबाट २ लाख गरि कुल ७ लाख ६५ हजार रुपैयाँ बराबरको ...

सम्बन्धित सामग्री

भोकमरी फैलिन नदिन किमाथांकावासीलाई खाद्यान्न वितरण

पूर्वी पहाडी जिल्ला संखुवासभाको चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका– १ स्थित किमाथांकावासीलाई भोकमरी

बझाङमा यो वर्ष गहुँ उत्पादनमा ह्रास

जेठ १२, बझाङ । बझाङमा हिँउदेबालीको उत्पादनमा ह्रास आएको छ  । सिँचाइको सुविधा भएका बाहेक आकशे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको छ ।  लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।  उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयस्रोत भएको परिवारले चरम खाद्य संकटको सामाना गर्नुपर्ने अवस्था आएको छ । आकाशे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकमा उत्पादन ह्रास भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ ।  उनीहरूमा अनुसार यसपालि त खेतबारी सबै बाँझो छ । हिउँदभरि पानी परेन । पुस माघमा पानी परे राम्रै उब्जाउ हुन्थ्यो । खडेरीले खेती किसानी गरेर जीविका चलाउनेलाई मर्नु न बाँच्नु बनाएको छ ।  हिउँदेवाली खेतमै सुकेपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीका सुर्जन सिंहले बताए ।    बझाङमा चरम खाद्य संकट हुने भन्दै खडेरी पीडित किसानलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । ‘हामीले थलारा गाउँपालिकामा सुख्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्यांक संकलन गरेका थियौँ । विभिन्न वडाका १८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको क्षति भएको पाइएको छ । यो खाद्य संकटको उच्चतम विन्दु हो ।’ प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि  तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खेबालीका लागि बीउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।  आकाशे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिँचाइको सुविधा भएका क्षेत्रबाहेक आकासेपानीको भरमा खेती गरिने ठाउँको ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । जिल्लाभरि १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौ, मसुरोे कुल खेतीयोग्य जमीनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ ।  सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुने गरेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।  उनका अनुसार जनसंख्याको अनुपातमा पर्याप्त छैन । हरेक वर्ष सात हजार मेट्रिक टन अपुग हुने गरेको थियो । यसपालि त खडेरीले उत्पादनमा ह्रास ल्याएको सरदरमा यो वर्ष १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या खाद्य संकट हुने बताए । रासस

खडेरीका कारण गहुँ उत्पादनमा कमी

बझाङ ।  लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।       यो वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका¬ १ का किसान अमृत शाहीले बताए । ‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो । त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले नष्ट भयो’’, उनले भने ।      यस वर्ष आउन सक्ने खाद्य संकटबाट भोकमरी हुन नदिन खडेरीपीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।      अकासे पानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदे बाली लगाइएकामा ६ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले ९ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।      जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई खाद्य संकट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस

बझाङमा  हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा क्मी आएको छ । जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउ“को उत्पादनमा क्मी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहु“, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा क्मी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ ।  यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउ“देबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताउनुभयो । “हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’’, उहाँ भन्नुहुन्छ ।  यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उहाँ जोड दिनुहुन्छ ।

साइपालमा चामल अभाव

वर्षायाम सुरु हुँदासमेत पटक पटक खाद्यान्न सङ्कट भोग्दै आएका बझाङको उत्तरी भेग साइपाल गाउँपालिकाका बासिन्दा फेरि खाद्यान्न अभावको मारमा परेका छन्। वर्षायाम सुरु भएसँगै सदरमुकाम चैनपुरबाट लिएको चामल तलकोट गाउँपालिकाको पानाल्त र कुवामा गोदाममा कुहिने अवस्थामा छ। साइपाल गाउँपालिकामा भोकमरी हुने अवस्था भएको छ। साइपाल गाउँपालिकाको काँडामा रहेको डिपो कार्यालयमा रहेको सबै खाद्यान्न वितरण भएपछि गाउँपालिकामा एक महिनादेखि खाद्यान्न अभाव भएको हो।