जसपाको मन्त्री छनोटको जिम्मा राजनीतिक समितिलाई

काठमाडौं, १६ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाउन राजनीतिक समितिलाई जिम्मेवारी दिएको छ । जसपाको आज बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको निर्णय गर्ने जिम्मा राजनीतिक समितिलाई दिएको सो पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए। जसपाले यही पुस १८ र १९ गते पार्टीको राजनीतिक […]

सम्बन्धित सामग्री

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि …

कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई

काठमाडौँ- नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा पार्टीबाट सहभागी हुने मन्त्री छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसबाट सहभागी हुने आठ मन्त्री छान्ने जिम्मेवारी सभापति देउवालाई दिएको हो । बुधबार बसेको गठबन्धन बैठकले कांग्रेसलाई आठवटा मन्त्रालय दिने निर्णय गरेको थियो । सोहीअनुसार […]

कानुन मन्त्रालयको जिम्मा मन्त्री कार्कीलाई

२७ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् । कानुनमन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) को पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ […]

कर्णालीमा माओवादीको कोटाबाट मन्त्री तोक्ने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई

कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रदेश सरकारमा सामेल हुने मन्त्री तोक्ने जिम्मा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको छ । शाही माओवादी केन्द्र संसदीय दलका नेतासमेत हुन् ।बैठकले दुई दिनभित्र मन्त्री तोकेर सिफारिस गर्ने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई दिएको हो । माओवादीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका गैर–सांसद छिरिङ्ग डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएपछि उनको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे माओवादी केन्द्रले सं

मन्त्री हेरेफेरको जिम्मा शीर्ष नेतालाई

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू हेरेफेर गर्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । शनिबारदेखि चलिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई ६ महिना भनेर पठाएकाले शीर्ष नेताहरूबीच छलफल गरेर निर्णय लिने पार्टीका उपमहासचिव गङ्गालाल तुलाधारले बताउनुभयो । सरकारमा पार्टीका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच मन्त्री सहभागी हुनुहुन्छ । स्वास्थ्य […]

नेकपा (एकीकृत समाजवादी) मा मन्त्री छान्ने जिम्मा माधवलाई

नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि नेता विरोध खतिवडाले मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको जानकारी दिए । मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका छौ ।’स्थायी कमिटी बैठक लगत्तै अध्यक्ष नेपाल गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भाग लिन बालुवाटार गएका छ

जसपाले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको बताइएको छ ।

नेकपा (एस)का मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधव नेपाललाई दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा नेता नेपाललाई दिएको हो ।  एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले मन्त्री छान्ने लगायतका निर्णय गर्ने जिम्मा नेता नेपाललाई दिइएको जानकारी दिए ।  ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दल...

नेकपा समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता माधव नेपाललाई दिएको सांसद विराेध खतिवडाले जानकारी दिए ।‘सधैं बैठक बसिरहन सम्भव नहुने भएकाले तत्काल गर्नुपर्ने निर्णय गर्न नेता माधवकुमार नेपाललाई अधिकार दिइएको छ’ खतिवडाले भने, ‘कति मन्त्री बनाउने, ककसलाई बनाउने लगायतका विषयमा उहाँलाई अधिकार प्रत्यायोजन गरिएको छ ।&r

जसपा पनि सरकारमा, मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो। यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ।केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच