नेकपा (एस)का मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं संसदीय दलका नेता माधव नेपाललाई दिएको छ । संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको संसदीय दलको बैठकले मन्त्री छान्ने जिम्मा नेता नेपाललाई दिएको हो ।  एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले मन्त्री छान्ने लगायतका निर्णय गर्ने जिम्मा नेता नेपाललाई दिइएको जानकारी दिए ।  ‘बारम्बार बैठक बस्न नसकेको स्थितिमा र अहिले संक्रमणकाल भएको हुनाले सरकार गठनका लागि पार्टी अध्यक्ष तथा संसदीय दल...