नेकपा समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष समेत रहेका संसदीय दलका नेतालाई दिएको छ । आइतबार बसेको सो पार्टीको संसदीय दलको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुनेहरुको नाम छनोट गर्ने जिम्मा दलका नेता माधव नेपाललाई दिएको सांसद विराेध खतिवडाले जानकारी दिए ।‘सधैं बैठक बसिरहन सम्भव नहुने भएकाले तत्काल गर्नुपर्ने निर्णय गर्न नेता माधवकुमार नेपाललाई अधिकार दिइएको छ’ खतिवडाले भने, ‘कति मन्त्री बनाउने, ककसलाई बनाउने लगायतका विषयमा उहाँलाई अधिकार प्रत्यायोजन गरिएको छ ।&r

सम्बन्धित सामग्री

मन्त्री कमिटीले छान्ने भनेर नथाक्ने माधव नेपाल आफैंले अधिकार लिए : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एसले मन्त्री छान्ने अधिकार माधवकुमार नेपाललाई दिएकोप्रति टिप्पणी गरेका छन् । आज बसेको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले सरकारमा पठाउने प्रतिनिधिको नाम टुंग्याउने जिम्मा माधव नेपाललाई दिएको थियो । एमाले नेता पोखरेलले सामाजिक सञ्जालमा एमालेमा केपी ओलीलाई जिम्मेवारी दिँदा मन्त्री छान्ने अधिकार कमिटीको हो भनी […]

शक्तिशाली मन्त्रालयको आशमा माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ। आज बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपाललाई मन्त्री छान्ने जिम्मेवारी दिएको नेता विरोध खतिवडाले बताए।   उनले भने, ‘संख्यामा असन्तुष्टि भन्ने होइन। सहमतिमा भएको कुरामा हाम्रो असन्तुष्टि रहँदैन। आज बसेको गठबन्धनको बैठकले आवश्यक परिमार्जनसहित टुंग्याउला।’ मन्त्रालयको विषयलाई गठबन्धनमा कुनै समस्या नभएको उनले बताए। ‘सन्तुष्टि, असन्तुष्टि कति भए पुग्छ र ? २५ वटै

३६ वर्षीया रचनाको जिम्मामा बागमतीको ढुकुटी

पूराना नेताहरुलाई पछि पार्दै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा युवा नेतृ रचना खड्काले पाएकी छिन् । यसको औपचारिक रुपमा जानकारी भने आज साँझसम्म आउने छ । तर, खड्का आर्थिक मामिलामन्त्री बन्ने पक्का भईसकेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्दै खड्कालाई आर्थिक मामिलामन्त्री बनाउन लागेकी हुन् । बुधबार दिउँसोका लागि सपथको समय तय भएको छ । नेकपा एमाले भित्र आन्तरिक विवाद चुलिएका समयमा माधव नेपाल निकट रहेकी रचना पार्टी विभाजनमा माधबलाई साथ दिन नसकेर एमालेमै रहिन् । माधव नेपाल समूहले बनाएको समानान्तर कमिटीमा उनी बागमती प्रदेश कमिटी सचिव पनि बनिन् । तर औपचारिक रुपमा पार्टी विभाजन भएपछि उनी एमालेमै बसेकी हुन् । शाक्य नेतृत्वको क्याबिनेटमा उनी सबैभन्दा कान्छी मन्त्री बन्ने छिन् । २०४१ साल असार ५ गते जन्मिएकी खड्का २०५५ सालबाट राजनीतिमा प्रवेश गरेकी हुन् । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का २०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष बनिन् । २०५६ सालमा प्रारम्भिक कमिटीको अध्यक्ष र त्यही वर्ष जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन् ।२०५७ सालमा जिल्ला सचिव भएकी खड्का २०५९ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष बनिन् । अनेरास्ववियुको १६औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएकी उनी १७औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भईन् । १८औं र १९औं सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि पूरा गरिन् ।अखिलको २०औं राष्ट्रिय सम्मेलनमा सचिवमा निर्वाचित भएकी रचना एमालेको ९औं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य जितिन् ।