कर्णालीमा माओवादीको कोटाबाट मन्त्री तोक्ने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई

कर्णाली प्रदेश नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले पार्टीका तर्फबाट प्रदेश सरकारमा सामेल हुने मन्त्री तोक्ने जिम्मा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको छ । शाही माओवादी केन्द्र संसदीय दलका नेतासमेत हुन् ।बैठकले दुई दिनभित्र मन्त्री तोकेर सिफारिस गर्ने जिम्मा पूर्व मुख्यमन्त्री शाहीलाई दिएको हो । माओवादीबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका गैर–सांसद छिरिङ्ग डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएपछि उनको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे माओवादी केन्द्रले सं