व्यास नपामा मतगणना मुद्दामा विपक्षी झिकाउन आदेश

काठमाडौं : तनहुँको व्यास नगरपालिकाको पुनः मतगणना गर्न माग गरिएको मुद्दामा उच्च अदालत पोखराले विपक्षी झिकाउने आदेश दिएको छ। नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले बिहीबार दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ भएको हो। न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइ गर्दै शुक्रबार विपक्षी निर्वाचन आयोग सहितलाई उपस्थित हुन आदेश दिएको रजिष्ट्रार श्रीलाल पौडेलले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार अदालतले आज पठाएक

सम्बन्धित सामग्री

युनिटी ठगी प्रकरणः ८ वर्षदेखि विचाराधीन मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश

काठमाडौं । सर्वोच्च अदालतले ८ वर्षदेखि विचाराधीन युनिटीसम्बन्धी ठगी मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश गरेको छ । बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले विपक्षी झिकाउने आदेश गरेको हो । २०७२ सालदेखि २०७७ सालसम्म दर्ता भएका निवेदन सर्वोच्चमा पेसी चढ्ने र सुनुवाइ नहुने क्रम चल्दै आएको थियो । रिट निवेदक भीमबहादुर गुरुङ, […] The post युनिटी ठगी प्रकरणः ८ वर्षदेखि विचाराधीन मुद्दामा ६ वर्षपछि विपक्षी झिकाउने आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भण्डारीविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगसँग विध म्यानेजमेन्टका सञ्चालकविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले म्यानेजमेन्टका सञ्चालकमध्येका एक भीमकान्त भण्डारीविरुद्धको मुद्दामा कम्पनीलाई समेत विपक्षी बनाउनुको आधार र कारण देखाउ आदेश जारी गरेको हो । सञ्चालक भण्डारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचारको मुद्दामा सो कम्पनीलाई समेत विपक्षी […]

काष्ठमण्डपका मूर्तिसम्बन्धी मुद्दामा विपक्षीलाई उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले काष्ठमण्डपमा रहेका गोरखनाथ र चार गणेशका प्राचीन मूर्ती परिवर्तन गरेको मुद्दामा विपक्षीलाई ७ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।सर्वोच्चका न्यायाधीश न्यायाधीश कुमार रेग्मीको इजलासले मुद्दाका विपक्षी काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, कामपाका नगर प्रमुख विद्यासुन्दर शाक्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दीप खनाललाई ७ दिनभित्र उपस्थित हुन आदेश जारी गरेको हो।काष्ठमण्डपमा रहेका गोरखनाथ र चार

शाखा अधिकृत नयाँ भर्ना यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौँ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा.नवराज थपलियाको संयुक्त इजलासले आइतबार लोक सेवा आयोग र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा सो आदेश दिएको हो । ‘ लोक सेवा आयोग मिति २०७६ मङ्सिर […]

एमालेको मुद्दामा अन्तरिम आदेशबारे भदौ २८ मा छलफल हुने, दुवै पक्षलाई झिकाउन आदेश

नेकपा एमालेको मुद्दामा सर्वोच्च अदालतले भदौ २८ गते अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले एमालेले विपक्षी बनाएको संघीय संसदका १४ जना सांसद र लुम्बिनी प्रदेशका दुई जना सांसदलाई भदौ २८ गते अदालतमा झिकाउन भनिएको हो ।  ‘एमालेले कारवाही गरेको संघीय संसद्को १४ जना र लुम्बिनी प्रदेशको दुई जना सांसदलाई प्रधानन्यायाधीशले अन्तरिम आदेशको छलफलका लागि बोलाउने भन्नुभएको छ । लिखतमा के छ हामीले हेर्न पाएका छैनौँ,’ उक्त मुद्दा...

महाकवि देवकोटाको घरको मुद्दामा विपक्षी झिकाउन आदेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काएकोविरुद्धको मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको छ। अधिवक्ता सञ्जय अधिकारीले दर्ता गरेको रिटमाथि बुधबार न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले यस्तो आदेश दिएको हो।...

नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मुद्दामा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो । निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । पार्टी विधान विपरीत आफूहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न लागेको भन्दै रोक्न माग गरी माधव नेपाल समूहले सर्व...

माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने आदेश

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएकाे छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सो मुद्दा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाएका छन् ।वरिष्