काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मुद्दामा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो ।
निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
पार्टी विधान विपरीत आफूहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न लागेको भन्दै रोक्न माग गरी माधव नेपाल समूहले सर्व...