नेकपा एमालेको मुद्दामा सर्वोच्च अदालतले भदौ २८ गते अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले एमालेले विपक्षी बनाएको संघीय संसदका १४ जना सांसद र लुम्बिनी प्रदेशका दुई जना सांसदलाई भदौ २८ गते अदालतमा झिकाउन भनिएको हो ।
‘एमालेले कारवाही गरेको संघीय संसद्को १४ जना र लुम्बिनी प्रदेशको दुई जना सांसदलाई प्रधानन्यायाधीशले अन्तरिम आदेशको छलफलका लागि बोलाउने भन्नुभएको छ । लिखतमा के छ हामीले हेर्न पाएका छैनौँ,’ उक्त मुद्दा...