३ फागुन, काठमाडौं । काठमाडौंको बबरमहलस्थित आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा (नासु) नरेन्द्र चन्दसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
शेयर पुँजी बढाएको प्रमाण पत्रका लागि सेवाग्राहीसँग ८ हजार रुपैयाँ घुस …
महोत्तरी – मधेस प्रदेशमा ७ दिनभित्र घुस लिएको आरोपमा ३ जना प्रधानाध्यापक पक्राउ परेका छन्। १२ जेठमा श्री विश्वेश्वर प्रसाद कोइराला आदर्श मावि जोकाहा रौतहटका राकेश श्रेष्ठ, १८ जेठमा नेपाल विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, वीरगन्ज पर्साका बलराम श्रेष्ठ र १९ जेठमा श्रीमावी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल पक्राउ परेका हुन्। १२ जेठमा पक्राउ परेका रौतहटका […]
१९ जेठ, जनकपुरधाम । महोत्तरीका एक जना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । एकडारा गाउँपालिकास्थित श्री माविका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइरहेको बेलामा पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारले जलेश्वर न.पा.–२, टाउन […]
काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्ला, भिरकोट नगरपालिका वडा नं. ९ का वडाध्यक्ष र वडा सदस्यविरुद्ध विशेष अदालत काठमाडौँमा बिहीबार मुद्दा दायर गरेको छ । नागरिकता बनाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारले दुवैजनाविरुद्ध मुद्दा दायर गरेको हो । घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता दिलाई पाउन साथै वडाध्यक्ष गुरुङले […]
२ भदौ, काठमाडौं । घुस लिएको आरोपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सवइन्जिनियर राजन पासवानविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए बापत सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । आयोगका अनुसार विशेष सूचनाको आधारमा सेवाग्राहीसँग […]
२० असार, काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सब–इन्जिनियर राजन पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले नियन्त्रणमा लिएको हो । पासवानलाई भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग लिएको ३० हजार […]
सेवाग्राहीसँग घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गायत्रीराज शर्मा महानगरीय प्रहरी परिसर, काठमाडौं तानिएका छन्।