राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले पेस गरेको राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति खोजी पुन : पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छिन् । सहमति नभई विवादित अवस्था रहे उक्त अध्यादेश फिर्ता गर्न सक्नेसम्मको विकल्प आफू सामू रहेको भण्डारीले सुनाएकी थिइन् ।