प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
सत्तारूढ पाँच दलीय गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउन लागेका हुन् ।
त्यसबाहेक, विभिन्न मन्त्रालयको नियमित एजेण्डामा बैठकमा छलफल भइरहेको बताइएको छ ।
असोज १० मा बालुवाटारमै बसेको सत्तारूढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति गरेको थियो ।
उक्त अध्यादेश फिर्ता नभइ मन्त्रिपरिषद विस्तार हुँदा गठबन्धनमा र...