प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकबाट राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गर्ने तयारी छ ।
सत्तारूढ पाँच दलीय गठबन्धनमा राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएसँगै प्रधानमन्त्रीले निर्णय गराउन लागेका हुन् ।
असोज १० मा बालुवाटारमै बसेको सत्तारूढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने सहमति गरेको थियो ।
उक्त अध्यादेश फिर्ता नभई मन्त्रिपरिषद् विस्तार ...