राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे सत्ता गठबन्धनमा सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति जुटाएको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति भएको लोकान्तरलाई जानकारी दिए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति यसअघि नै भएको हो, कहिले फिर्ता गर्ने भन्ने निर्णय भएको थिएन, भोलिसम्म फिर्ता गर्ने सहमति भएको छ,’ यादवले भने । आइतवार...