संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : कोइराला

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको बैठकमा सहभागी हुन सानेपास्थित केन्द्रीय कार्यालय पुगेका कोइरालाले यही प्रकृतिको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश केपी शर्मा ओलीले ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गर्दै अहिले आएको विधेयक पनि फिर्ता हुनुपर्नेमा जोड दिए । उनले नागरिकतामा पनि राजनीति गर्न नहुने बताउँदै राष्ट्रिय सहमति गरेर नागरिकताको विषय टुंग्याउनुपर्ने जिकिर गरे ।  पार्टी केन्द्रीय कमिटी

सम्बन्धित सामग्री

संवैधानिक परिषद विधेयक फिर्ता हुनुपर्छ : डा. कोइराला

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउँदा ओली सरकारको विरोध गरेका थियौं । हामीले त्यो बेला विरोध गरेको अध्यादेश विधेयकका रुपमा ल्याउनु गलत छ । यो फिर्ता हुनुपर्छ ।’ सरकारले हालै […]

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता हुनुपर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो धारणा राखेका हुन्। तत्कालिन प्रधानमन्त्री केपी ओलीले परिषद्सम्बन्धी...