एजेन्सी। पेरुमा कोरोनाविरुद्धको भ्याक्सिन दिँदा खाली सिरिन्ज प्रयोग गरिएको खुलासा भएको छ। पेरुका राष्ट्रपति फांसिस्को सागास्तीले मंगलबार यो अवस्थालाई निकै चिन्ताजनक बताएका छन्। अस्पतालका नर्सहरुले पटकपटक खाली सिरिन्जबाट कोरोना खोप दिने प्रयास गरेको भेटिएको छ। पेरुमा यसलाई ठूलो भ्रष्टाचारका रुपमा लिइएको छ। भ्याक्सिनका सम्बन्धमा अनौठा घटना सार्वजनिक भएका छन्। यसअघि इटलीकी एक नर्सले भ्याक्सिनको ६ डोज एकैजनालाई दिएकी थिइन्।