कोरोना भ्याक्सिन किन्न १० प्रतिशत बजेट कटौती

सरकारले कोरोना भ्याक्सिन किन्न चालू खर्च तर्फका विभिन्न शीर्षकमा सरकारले १० प्रतिशत बजेट कटौती गरेको छ ।  अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत चालू खर्चका विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशतले बजेट कटौती हुने घोषणा गरेका हुन् । बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च र विविध कार्यक्रम खर्च शीर्षकमा १० प्रतिशत बजेट कटौती भएको छ