ईयूले सदस्य राष्ट्रमा मासिक १० करोड डोज कोरोना भ्याक्सिन पठाउँदै

युरोपेली संघ (ईयू) ले सदस्य राष्ट्रहरूमा मासिक १० करोड डोज कोरोना भ्याक्सिन (खोप) पठाउने निर्णय गरेको छ।आउँदो अप्रिलदेखि २७ देशमा रहेका ४४ करोड ६० लाख मानिसलाई कोरोनाबाट सुरक्षित राख्न मासिक १० करोड डोजका दरले खोप पठाउन लागिएको संघले जानकारी दिएको छ।संघले बायोएनटेक, अस्ट्राजेनिका र मोडर्नाको खोप प्रयोग गर्न अनुमति दिइसकेको छ। यी मध्येकै खोप प्रयोग गर्ने संघले जनाएको छ।