अक्सफोर्ड–एस्ट्राजेनेका निर्मिति कोरोना भ्याक्सिन लगाएकाहरूको दिमागमा असामान्य ढंगले रगत जमेको पाइएको छ।भ्याक्सिन लगाएका कयौं मानिसहरूमा सेरिब्रल वीनस साइनस थ्राम्बोसिस (सीवीएसटी) अर्थात मस्तिष्कको बाहिरी सतहस्थित ड्यूरामिटरको पत्रबीच रहेको शिरामा रगत जम्ने समस्या देखिएको हो। यस्तो समस्या देखिएपछि जर्मनी, फ्रान्स र क्यानडाले एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन प्रयोगमा सीमित प्रतिबन्ध नै लगाइदिएका छन्। अमेरिकाको जोन होप्किन्स मेडिसिनमा कार्यरत विज्ञहरूले सीवीएसटीका कारण रक्त क